जनयुद्धमा घाइते र अपाङ्गता भएकाहरुलाई सीप सिकाउन शिक्षामन्त्रीको निर्देशन (भिडियो सहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् । सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् ।
सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए । सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए । सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडी बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औंल्याए । सिटिइभिटी उच्चस्तरीय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सँधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए ।
सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर