बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीको रेड फेयरमा ५०% सम्मको छुट

सोमबार, १२ फागुन २०७६, १३ : २८
सोमबार, १२ फागुन २०७६

काठमाडौं– एल.जी.ले यहि फागुन ११ गते देखि एल.जी. रेड फेयर ल्याएको छ । जसअन्तर्गत एल.जी.को सामानहरुको खरिदमा ५०% सम्म छुट पाउन सकिने छ ।

इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एल.जी.ले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जिवनशैलि झल्काउँछ । 

एल.जी.ले टि.भी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, ए.सी. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 

यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडिलाई ताज मेघौलि सेराई घुम्ने अवसर पाउन सकिन्छ, र हरेक हप्ता लक्की ड्र मार्फत एल.जी.को अडियो सिस्टम पनि जित्न सकिन्छ । 

लक्की ड्र मा भाग लिनको लागि एलजी LG [ Space ] Name [comma] model no. [comma] serial no. [comma] address type गरि 34343 मा SMS पठाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना एल.जी.का सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिन्छ, र यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप