शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘धुलो’को आइटममा हट हट दीपासा

सोमबार, १२ फागुन २०७६, १३ : २७
सोमबार, १२ फागुन २०७६

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘धुलो’ आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीतमा मोडल दीपाशा बिसीले हट अवतारमा प्रस्तुत भएकी छन् ।
गीतमा कलाकार बुद्धि तामाङ, अग्रज केसीलाई पनि देख्न सकिन्छ । केशव मिश्रको शब्द, दुर्गा खरेल र अनुप थापाको स्वर रहेका गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

काठमाडौंको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । मिश्रको यो डेब्यु फिल्म हो । आइटम फिल्मको माग भएको निर्देशक मिश्रले बताए ।

फिल्ममा बुद्धि र अग्रजका अलवा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा को पनि अभिनय देख्न सकिन्छ । 
दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप