शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ

सोमबार, १२ फागुन २०७६, १२ : ५३
सोमबार, १२ फागुन २०७६

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए । 

पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका  विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् । 

यस्तै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष)  र असिम पौडेल पनि पक्राउ परेका छन् । 

सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप