शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको सुरक्षामा खटाइए पाँच लङ्गुर

सोमबार, १२ फागुन २०७६, १२ : ४५
सोमबार, १२ फागुन २०७६

अमेरिकी राष्ट्रपतिका लागि भारतमा उच्च सुरक्षाको बन्दोबस्त गरेपछि सुरक्षा निकाय आगरामा हुने बाँदर आतंकका कारण चिन्तित छन् । यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ ।

त्यहाँ थुप्रै बाँदर भएकोले उनीहरुसँग लड्न र सुरक्षाका लागि पाँचवटा लङ्गुर खटाइएको भारतीय संचार माध्यम न्यूज१८ ले बताएको छ । 

अमेरिकी राष्ट्रपति र उनकी श्रीमती मेलानिया ट्रम्प सोमबार अर्थात् आज ताज महल भ्रमण गर्ने तालिका छ ।

सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोका १० कम्पनीलाई खटाइएको छ ।

राष्ट्रपति ट्रम्प दुई दिवसीय भ्रमणका लागि आजै भारत पुगेका छन् । राष्ट्रपति ट्रम्पको अहमदाबाद एयरपोर्टमा प्रधानमन्त्री मोदीले स्वागत गरेका छन् । ट्रम्पसँग अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प र छोरी इभांका ट्रम्प पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप