शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राति सुत्नुअघि एक गिलास मनतातो दूध

सोमबार, १२ फागुन २०७६, ०९ : ५१
सोमबार, १२ फागुन २०७६

एजेन्सी : बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् । 

रातिमा दूध पिउँदा के के फाइदा छन् ? 

मिठो निन्द्राको लागि
राति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ । दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ । दूध पिउँदा दिमाग शान्त रहन्छ । दूधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ । यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ । मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ ।

पाचन शक्ति बढाउँछ 
दूधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ । राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दूध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, दूधले खानामा भएको मसलाको असर पनि कम गराउँछ । दूधले शरीरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ ।

गुडसँग दूध
दूधमा गुड मिसाएर दूध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ । दूध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । रातमा दूध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ । साथै, दूधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुज बनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप