युनाइटेड र आर्सनल विजयी
म्यानचेस्टर युनाइटेड र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले बाटफोर्डलाई ३–० गोलले हरायो । अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ गोलले स्तब्ध बनायो ।
घरेलु मैदानमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे । युनाइटेडले ४१औँ मिनेटमा पेनाल्टी मार्फत खाता खोलेको थियो । ब्रुनोले पेनाल्टीको सदुपयोग गरे । ब्रुनोलाई बाटफोर्डका गोलरक्षक बिन फोस्टरले फल हानेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा दुई गोल थपेको युनाइटेडका लागि मार्सियलले ५८औं र मासन ग्रीनवुडले ७५औं मिनेटमा गोल गर्दै टोलीको जित सहज बनाए । जितसँगै म्यानचेस्टर लिगको पाँचौ स्थनमा उक्लिएको छ । युनाइटेडले २७ खेलबाट ४१ अङ्क बनाएको छ । २४ अङ्क बनाएको वाटफोर्ड १९औँ स्थानमा छ । वाटफोर्डले रेलिगेसनबाट बच्न संघर्षरत छ ।
यसैगरी प्रतिस्पर्धात्मक खेलमा आर्सनललाई जिताउन इडिय एनकेटिहले २७ औँ, पिएरे इमरिक औबामियाङले ३३ औँ र ४६ औँ मिनेटमा दुई गोल गरे । एभर्टनका डोमिनिक कल्भर्ट लेविनले खेलको पहिलो मिनेटमै सुरुवाती गोल गरेका थिए । लिर्चालिसनले ४५औं मिनेटमा दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जितसँगै ३७ अङ्क बनाएको आर्सनल नवौँ स्थानमा छ । ३६ अङ्क बनाएको एभर्टन ११औँ स्थानमा छ ।
अर्काे खेलमा वल्भ्सले नर्विच सिटीमाथि ३–० गोलले हरायो । वल्भ्सको जितमा डिएगो जोटाले १९औं र ३०औं मिनेटमा दुई तथा राहुल जिमिनेजले ५०औं मिनेटमा एक गोल गरे । जितसँगै ३९ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ । १८ अंक बनाएको नर्विच सिटी तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’