जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी

न्यूयोर्क । यसै महिना सार्वजनिक हुने एक किताबमा फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी गरिएको छ । टेक्नोलोजी जर्नलिस्ट स्टिवन लेवीको किताब फेसबुकः द इनसाइड स्टोरीमा यस्तो दाबी गरिएको हो ।
किताबमा फेसबुकका वर्तमान र पूर्व कर्मचारीसँग कुराकानी गरिएको बताइएको छ । लेवीसँग सन् २००६ मा जुकरबर्गले लेखेको पर्सनल डायरीको जानकारीसमेत भएको दाबी गरिएको छ । किताबमा लेखिए अनुसार अन्तरवार्ता, भाषण वा ठूला कार्यक्रम अघि जुकरबर्ग नर्भस हुन्थे जसका कारण उनलाई पसिना आउँथ्यो र त्यहि पसिना सुकाउनका लागि उनले टीम नै खडा गरेका थिए । यो किताबमा सन् २०१० मा जुकरबर्गको यस्तै एक अन्तरवार्ताको कुरा पनि गरिएको छ ।
लेवी टेक्नोलोजी म्यागजिन वायर्डका सम्पादक हुन् र उनले थुप्रै वर्षसम्म फेसबुकबारे समाचार पनि लेखेका छन् ।
यसै महिनाको अन्त्यमा रिलिज हुनेछ किताबः
लेवीको किताबको समीक्षा ब्लूमबर्गले गरेका हुन् । ब्लूमबर्गले उक्त किताब यसै महिना रिलिज हुने बताएको छ । किताबमा बताइए अनुसार जुकरबर्गको कम्युनिकेशन टीमले उनको सार्वजनिक उपस्थिती अघि उनको काखीको पसिना सुकाउने गर्दथ्यो ।
फेसबुकका प्रवक्ता लिज बुर्जुआले यो किस्सा साँचो हुनुमा आफूलाई शंका लागेको उनले बताएका छन् । यदि यस्तो भएको हो भने पनि उनले हाम्रो कम्युनिकेशन टीमको आग्रहमा नै यस्तो गरेको हुनुपर्छ । यद्यपि, खैरो रंगको टिसर्ट लगाउने कुनै पनि व्यक्तिले आफूलाई यस्तो घटनासँग जोड्न सक्छ ।
ट्वीटरका मुख्य कार्यकारी अधिकारीले भने, ‘मैले कहिले पसिना सुकाइदिन भनेको छैन’
सोसल मिडियामा यसबारे मिलीजुली प्रतिक्रिया आइरहेको छ । ट्वीटरका मुख्य कार्यकारी अधिकारी ज्याक डोर्सीले आफूले कहिले पनि आफ्नो स्टाफलाई काखी सुकाइदिन नभनेको तर यदि आफ्नो कम्युनिकेशन टीमलाई यसको खाँचो परे आफू यस्तो सुविधा दिन पाउँदा खुसी हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू