बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेलद्वारा प्रायोजित विराट एक्स्पो सम्पन्न, १ अर्बको कारोबार, साढे ३ लाखले गरे अवलोकन

आइतबार, ११ फागुन २०७६, २२ : ५८
आइतबार, ११ फागुन २०७६

विराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा सञ्चालित विराट एक्स्पो सम्पन्न भएको छ । एक अर्ब बराबरको आर्थिक कारोवार गर्दै एक्स्पो सम्पन्न भएको हो । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितिले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी वर्ष एक्स्पो सञ्चालनका लागि प्रदर्शनीस्थल निर्माणमा सहयोग गर्न सरकार तयार रहेको आश्वासन पनि दिए ।

सो अवसरमा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराट एक्स्पो मुलुककै उत्कृष्ट भएको दावी गरेका छन् । कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र विराट व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या बेहोर्नुपरेको गुनासो गर्दै प्र्रदर्शनी स्थल निर्माणका लागि सरकारसमक्ष माग गरे । एक्स्पोका संयोजक भोलेश्वर दुलालले अपेक्षा गरे बमोजिमनै प्रदर्शनीमा सर्वसाधरणको उल्लेख्य उपस्थिती र कारोवार हुँदा उत्साहित भएको बताए ।

एक्स्पो सफल बनाउन सहयोग पुर्याउने बिभिन्न संघसस्था र व्यक्तिलाई कार्यक्रममा सम्मान समेत गरिएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भएको प्रदर्शनीमा ४० विदेशीसहित ३ सय ४० स्टल राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप