नागढुङ्गाबाट खैरो हेरोइनसहित एक युवती पक्राउ
आइतबार, ११ फागुन २०७६, २२ : ०८
काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाईन्टमा अवैध लागु औषध खैरो हेरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेक जाँच गर्ने क्रममा अवैध लागु औषध खैरो हेरोइनसहित एक युवतीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा सवार जिल्ला झापा शिव सत्तासी नगरपालिका वडा नं. ११ घर हुने बर्ष २३ की वीना डाँगीलाई शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी लुकाई छिपाइ राखेको लागुऔषध खैरो हेरोईन ४.२६ ग्राम फेला परेको जनाएको छ।
डाँगीलाई तत्काल नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह