'७० करोड घुस प्रकरणमा बास्कोटा र ओली बराबरी दोषी’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले ७० करोढ घुस प्रकरणमा निर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओली बराबर दोष भएको दाबी गरेको छन् ।
बर्दियाको भुरिगाउँमा आयोजित काँग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले उक्त प्रकरण प्रधानमन्त्रीलाई थाहा भए पनि लुकाउनतिर तागेको बताए ।
‘गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको जुन कुरा सुन्यौं, त्यो प्रकरणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्रीलाई दुई महिनाअघि नै थाहा भएको बताएका छन्। तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो– गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छै,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो। तर त्यसलाई लुकाउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई संलग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो।’
यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने कसलाई थाहा छ भन्दै उनले प्रश्न गरे । ‘प्रधानमन्त्रीले भन्नुहोला– मलाई थाहा थिएन। तर, जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिक छ र प्रधानमन्त्रीकै घरमा बस्छ उसले गरेको यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने उहाँलाई थाहा चाहिँ के छ ?’
यस्तै उनले प्रधानमन्त्री ओलीसँग संख्याको तागत भए पनि राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताए । थापाले भने, ‘प्रधानमन्त्री भइराख्ने संख्याको तागत होला तर, ओलीले राजनीतिक र नैतिक हैसियत दुवै गुमाइसक्नुभएको छ। जतिदिन उहाँ प्रधानमन्त्री हुनुहुनेछ, त्यति बढी हामीले अवसर गुमाउनुपर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण