शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासचिव शाहीको पहलमा कालिकोटलाई एम्बुलेन्स

आइतबार, ११ फागुन २०७६, २० : ०५
आइतबार, ११ फागुन २०७६

काठमाडौं ।  नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको पहलमा  कालिकोटमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

शाहीको विशेष पहल र बिराटनगर नोवेल मेडिकल कलेजका डा. शुनिल शर्माको अगुवाइमा कालिकोटमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोट एम्बुलेन्स हस्तान्तरण गरेको हो ।


कालिकोटको पँञ्चदेवल माविमा  एसएलसी दिएका डा.शर्माले कालिकोटको भौगोलिक स्थिती, गरीबीलाई मध्येनजर गर्दै एम्वुलेन्स वितरण गरेको उनले बताए । एम्बुलेन्सले सिंगो कर्णालीमा सुविधा दिने उनले बताए ।

कर्णालीका जनताको दुःख सुखमा साथ दिनको लागि आफ्नो पहलमा एम्वुलेन्स वितरण गर्न सम्भव भएको भन्दै शाहीले यस्ता कार्यक्रमहरु अझै जारी राख्ने प्रतिवद्धता जनाए ।

शर्मा र शाहीको पहलमा  एम्बुलेन्स पाएपछि कालिकोटकाका जनता उत्साहित भएका छन् । उनीहरुलाई कालिकोटमा भव्य स्वागत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप