
नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’ अब नेपाल टेलिभिजनमा

काठमाडौं– नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ ।
जसका लागि आइतबार कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लिका प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका मेनेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ ।
सम्झौता पश्चात निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए । ‘युवालाई प्रोत्साहित गर्न ग्रुप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो–राम्रो संगीत प्रेमीहरु स्थापित हुनेमा विश्वास व्यक्त गरे।’
वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनिलाई धन्यवाद व्यक्त गरे ।
रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त रहने छन् । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो ।
प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए । दर्शकले फ्रेन्चाइज शो कै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजि रहेका बेला त्यो अपेक्षालाई यस रियालिटी शोले पूरा गर्नेमा ढकालको विश्वास रहेको थियो ।
अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले त यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरिन् ।
यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराए। ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ।’ अध्यक्ष विष्टको भनाई थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ