बृद्धा बलात्कारको आरोपमा मुद्दा
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकामा वृद्धालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ । बलात्कार गरेको कसुरमा पक्राउ गरेर मुद्दा दर्ता गरिएकामा कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदा रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमख प्रेमसागर केसीले बताए ।
शुक्रबार दुवै जनाले जङ्गल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि पक्रेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए । महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज