सशस्त्र प्रहरी र एसएसबीबीच ५ बुँदे सहमति

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।
उक्त बैठकको नेतृत्व सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रविनराज कर्णजित र बैरगनियाका भारतीय सिमासुरक्षा बलका २० नम्बर बटालियनका कमाण्डेन्ट तपनकुमार दासले गरेका थिए ।
रौतहटस्थित सशस्त्र प्रहरीबल र बैरगनियास्थित एसएसबीको दुईपक्षीय प्रयासबाट यसअघि रौतहटसंग जोडिएको ३२ किलोमिटर सिमाना तथा दशगज्जामा अतिक्रमण गरी दुबैतर्फका स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ र दशगज्जामा भारतीय पक्षले राखेको विद्युतको पोल समेत हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा