मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा सदस्य संख्या बढाउने तयारी, नेकपाले बनायो संविधान संशोधन गर्न कार्यदल

आइतबार, ११ फागुन २०७६, १७ : २०
आइतबार, ११ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य संख्या बढाउने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ । 

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको ३ सदस्यीय कार्यदल गठन गरेको बालुवाटार उच्च स्रोतले जनाएको  छ । 

कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय खिमलाल देवकोटा सदस्य रहेका छन् । हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रिय सभा सदस्य संख्या बढाउनेगरी संविधान संशोनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । 

नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा सदस्य  ५९ जना रहने व्यवस्था छ । जसमा ५६ जना निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । 

संविधानको भाग ८ धारा ८६ मा राष्ट्रिय सभा गठन र सदस्यहरुको पदावधिबारे उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप