मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शान्ति सुरक्षाको अवस्था सामान्य छ: गृहमन्त्री थापा

आइतबार, ११ फागुन २०७६, १७ : ०९
आइतबार, ११ फागुन २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा होटौंडामा आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा समान्य अवस्थामा रहेको बताएका हुन् । 

उनले विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको बताए । गृह मन्त्रालय जनताको जीउ धनको सुरक्षामा पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए । उनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मूल्याङ्कन गरि प्रकाशित गरेको प्रतिवेदनमा पनि नेपालको शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधार आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप