मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयकमाथि छलफल

आइतबार, ११ फागुन २०७६, १६ : ५४
आइतबार, ११ फागुन २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा दुईवटा विधेय माथि  छलफल भएको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रस्तुत गरेको सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान र प्रदेश खेलकुद सम्वन्धमा व्यवस्था गर्न वनेको दुई वटा विधेयकमाथि आज (आइतबार) बसेको प्रदेशसभा वैठकमा छलफल भएको हो । 

विधेयकमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतवहादुर खड्काले विधेयक पास भएर मात्र नहुने भन्दै कार्यान्वयन हुन पनि उत्तिकै आवश्यक भएको वताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए । 

नेकपाका प्रदेशसभा सदस्य दीर्घ सोडारीले कला साहित्य र दर्शनका कुराहरुलाई जोडेर विधेयकलाई प्रभावकारी ढंगवाट अगाडि बढाउनुपर्ने सुझाव दिए ।  

राजपाकी प्रदेशसभा सदस्य मालामती राना र नेकपा प्रदेशसभा सदस्य पूर्णा जोशीले प्रज्ञा प्रतिष्ठानलाई विज्ञको जिम्मा दिइनुपर्ने सुझाव दिए । 

यस्तै नेकपाका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले खेल क्षेत्रको विकासका लागि उपयुक्त वातावरण बनाउन र खेलाडीको सुरक्षा र लगानी पनि विधेयकमा समेटिनुपर्ने धारणा राखे । 

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर खेलकुद शिक्षक दरबन्दीलाई पनि विधेयकले समेट्नुपर्ने बताए । 

नेकपाका लिलाधर भट्टले  खेलाडीको स्तरोन्नतिका लागि कल्याण कोषको व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

नेकपाकी प्रदेशसभा सदस्य शान्ति नेपालीले खेल राष्ट्रको शीर ठाडो पार्ने क्षेत्र भएकाले त्यसलाई समष्टिगत रुपमा समानुपातिक तथा समावेशीताका आधारमा खेलाडीको छनौट गरि अघि बढ्नुपर्ने धारणा राखिन् ।

 मन्त्री सुवेदीले दुईवटै विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप