मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ग्याल्पो ल्होसारको अवसरमा खिजीदेम्बा गाउँपालिकाले दियो सार्वजनिक बिदा

आइतबार, ११ फागुन २०७६, १६ : ४३
आइतबार, ११ फागुन २०७६

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार परेको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सर्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । 

शेर्पा समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले स्थानीय बिदा अन्तर्गत सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले बताए ।

एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा अन्य स्थानीय तहले भने सार्वजनिक बिदा दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप