मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ब्वाइजको विजयी सुरुवात

आइतबार, ११ फागुन २०७६, १६ : ३७
आइतबार, ११ फागुन २०७६

काठमाडौं । ब्वाईज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स आइतबार देखि सुरु भएको उद्घाटन खेलमा ब्वाइजले श्री कुमारी क्लबलाई २–० गोलले हरायो ।  गरेको हो । ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।

३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिला ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै टोलीलाई जिताए । जितसँगै ब्वाईजले तीन अंक बनाएको छ । ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ । एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप