सिप्यान वर्ष खेलाडी अवार्ड चैतमा (भिडियो सहित)
काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते आयोजना गर्ने भएको छ । सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको अवार्ड कार्यक्रम चैत २१ गते प्रदान गरिने जानकारी दिएको हो । यसपटक पनि विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको महासचिव पारस खड्काले जानकारी दिए ।
सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै एक लाख ३२ हजार रुपैयाँ र अन्य विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गर्नेछ ।
अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए । सिप्यानले एक जना पाका खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नेछ । सिप्यानले बर्ष २०७५ मा खेलाडीको प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्ने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय