मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा जीप दुर्घटना हुँदा ७ घाइते

आइतबार, ११ फागुन २०७६, १६ : ३१
आइतबार, ११ फागुन २०७६

बुटवल । गुल्मीको दरबार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको छ ।

दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोक बहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवंर र सेर बहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेले बताए ।

 उनीहरु सवैको उद्धार गरेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अुनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप