शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

आइतबार, ११ फागुन २०७६, १५ : ५७
आइतबार, ११ फागुन २०७६

भक्तपुर । अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यबिनायक नगरपालिका-५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका-६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप