रिक्त रहेका छ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले रिक्त छ देशहरुमा श्रम सहचारी र काउन्सेलर नियुक्त गरेको छ ।
श्रम सहचारी खाली रहेका साउदी अरेबिया,कुबेत,युएइ ओमान र काउन्सेलरको पद खाली रहेका दुई देश दक्षिण कोरिया र मलेशियामा नयाँ कर्मचारी खटाएको छ ।
सरकारले दक्षिण कोरियाको लागि श्रम काउन्सेलरमा डिल्लीराम बास्तोलालाई नियुक्त गरेको छ । त्यस्तै मलेशियाका लागि बद्रीकुमार कार्की लाई तोकिएको छ ।
युुएईका लागि श्रम सहचारीमा मोतीराम भुसाल, ओमानका लागि कृष्णकुमारी गौली, कुवेतमा ज्ञानेन्द्र शर्मा र साउदी अरेबियाको लागि राजु कुँवरलाई नियुक्त गरेको छ । ।
सरकारले दक्षिण कोरिया र मलेशियाका लागि उप सचिव तहको निजामती कर्मचारीलाई काउन्सेलरमा नियुक्त गरेको छ । श्रम सहचारी खाली रहेका साउदी अरेबिया, कुबेत, युएइ ओमानमा अधिकृत तहको कर्मचारीलाई नियुक्त गरेको छ ।
भाद्र दुईमा निकालिएको सूचनाका आधारमा श्रम मन्त्रलायमा कार्यरत आठ उपसचिव सहित १२ अधिकृतले अन्तर्वार्ताका लागि निवेदन दिएका थिए । तर प्रस्तुतिकरणमा जम्मा १२ जना मात्रै उपस्थित भएका थिए । मन्त्रालयले आवेदकहरुलाई भाद्र ७, ८ र ९ का लागि प्रस्तुतिकरणका लागि समय तोकेको थियो ।
बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सुन्ने र निराकरणको उपाय सुझाउने सरकारी कर्मचारीका रुपमा श्रम सहचारी नियुक्ति गर्ने गरिन्छ ।
दक्षिण कोरियाको लागि छनौट भएका डिल्लीराम बास्तोला इपिएस कार्यालयका पूर्व निर्देशक हुन् । मलेशियाका लागि नियुक्त भएका अर्का काउन्सेलर बद्रीबहादुर कार्की बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा कार्य गरिसकेका छन् ।
छनौट भएका अन्य श्रम सहचारीहरु श्रम मन्त्रलाय अन्तर्गतका अधिकृत तहका कर्मचारीहरु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
-
पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते