मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ वर्ष देखि संसदमा रोकिएको बीमा विधेयक अघि बढ्यो

आइतबार, ११ फागुन २०७६, १४ : २१
आइतबार, ११ फागुन २०७६

काठमाडौं । बीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी प्रस्तावित नयाँ बीमा विधेयक अघि बढ्ने भएको छ । सङ्घीय संसदतले प्रस्तावित बीमा विधेकमाथि छलफलका लागि अर्थ समितिमा पठाएसँगै विधेयक अघि बढ्ने भएको हो । समितिले भोलि सोमबार बिज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलका लागि बोलाएको छ । 

बीमा व्यवस्थापनका लागि ल्याएको नयाँ विधेक डेढ वर्ष अघि संसदमा पेस भएरको थियो ।  अहिलेको बीमा समितिनै खारेज हुने गरी आउनलागेको विधेयक केहि सिमित व्यक्तिहरुको स्वार्थकाबीच संसदमानै रोकिएको थियो । अर्थमन्त्री डा.युवराज खतिवडा र बीमा समितिका अध्यक्ष चिरञ्जिवी  चापागाईंको टकरावकाबीच रोकिएको बीमा विधेयक पुनः अर्थसमितिले अघि बढाउन लागेको हो ।

नयाँ आउने विधेयकले अहिलेको बीमा समिति नै खारेज गर्नेछ । भने, समितिको ठाउँमा नयाँ बीमा प्राधिकरण ल्याउने विधेयकले प्रस्ताव गरिएको छ ।  त्यस्तै, नयाँ विधेयकले बीमा अभिकर्ता, एजेन्ट र सर्भेयरलाई समेत एक्कै प्रावधानमा समेटिएको छ । जुन प्रावधान विवादित बन्दै आएको छ । बीमामा अभिकर्ता, एजेन्ट र सर्भेयर छुट्टा छुट्टै प्रकृतिका क्षेत्र भएकाले यीनलाई व्यवस्थापन गर्न पनि विधेयकले छुट्टा छुट्टै प्रावधानको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप