शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘परदेशी–२’ को शुभमुहूर्त

आइतबार, ११ फागुन २०७६, १४ : १५
आइतबार, ११ फागुन २०७६

काठमाडौं । फिल्म ‘परदेशी–२’को शुभमुहूर्त भएको छ । ललितपुरको कार्य विनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभमूर्हत गरिएको हो । सो अवसरमा फिल्मका कलाकार तथा निर्माण युनिटको उपस्थिति रहेको थियो । 
‘गोर्खा पल्टन’ र ‘परदेशी’ फिल्मका लेखक, निर्देशक नारायण रायमाझीले ‘परदेशी–२’ निर्देशन गर्न लागेका हुन् । आफुले सुरुदेखि समाजको बिषयमा फिल्म बनाउदै आएकोले ‘परदेशी–२’ पनि त्यस्तै बिषयमा बनाउन लागेको निर्देशक रायमाझीले बताए । उनले सकारात्मक परिवर्तनका लागि सन्देशमूलक फिलम आफुले दिने सुनाए । भने ‘नेपाली गाउँबस्ती रित्तिएको कथामा फिल्म बन्दैछ ।’

राजेश वंशल र नारायण रायमाझीको निर्माण रहने फिल्ममा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ ।  फिल्ममा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहने छ ।

प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर रहेको फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन रहने छ ।

फिल्म पोखरा, पाल्पा,काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाँकन हुने कार्यक्रममा जानकारी दिइयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप