बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस छाया मन्त्रिपरिषद् बैठक : ७० करोड कमिसन काण्डलाई सशक्त ढंगले उठाउने निर्णय (भिडियो सहित)

आइतबार, ११ फागुन २०७६, १३ : २५
आइतबार, ११ फागुन २०७६

काठमाडौँ । नेपाली काँग्रेसद्वारा सरकारको काम कारबाहीको निगरानी र खबरदारी गर्न बनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय लिएको छ । 

आइतबार बिहान काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । 

काँग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ । 

अहिले काँग्रेसले यो विषयमा संसद अवरुद्ध गर्दै आएको छ भने सरकार बाहिर रहेका दलहरुसँग छलफल गरेपछि  कसरी अघि बढ्ने भन्नेमा थप निर्णय लिइने छाया मन्त्रिपरिषद् बैठकमा समझदारी जुटेको छ । 

काँग्रेसले यसबारे सोमबार अन्य दलसँग बृहद छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए । 

यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष पनि निकालेको छ । गोकल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ । 

यस्तै केही छाया मन्त्रीहरुको कार्यसम्पादन कमजोर रहेकाले उनीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा समेत छलफल भएको छ । यसबारे अर्को बैठकले निर्णय गर्ने पाण्डेले जानकारी दिए । 

यसैबीच काँग्रेसले संसदीय समितिमा पनि छाया सभापति बनाउने निर्णय गरेको छ । आजको बैठक संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप