एमसीसी संशोधनबिना अनुमोदन हुँदैन : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संशोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने स्पस्ट पारेका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टी केन्द्रीय समिति बैठकको सुझाव अनुसार पार्टीमा गठन गरेको कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै त्यसबारे अब संशोधन र परिमार्जन नगरी अनुमोदन हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।
‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसीका बारेमा गम्भीर छलफल पनि भयो । र, केन्द्रीय समितिले राम्रो अध्ययन गरेर राष्ट्रको हितमा हुने कुराको ग्यारेन्टी नगरीकन आँखा चिम्लेर सम्झौता गर्नुहुँदैन भन्ने सुझाव दिएको थियो’, प्रचण्डले भने, ‘त्यही अनुसार ३ सदस्यीय कार्यदल पनि बनायौँ झलनाथजीको नेतृत्वमा । त्यसले प्रतिवेदन पनि बुझाइसक्यो र हिजो सचिवालयमा छलफल पनि गर्यौँ । त्यसैले अब संशोधन र परिमार्जन बिना अनुमोदन हुने स्थिति छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण