कोरोनाभाइरस : दक्षिण कोरियामा नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह
दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।
नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको छ ।
अवैध रुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा कोरोना संक्रमणको शंका लागेमा उपचार गर्नका लागि अस्पताल जानसमेत दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै कारियामा रहेका नेपालीलाई दूतावासले विज्ञप्ति जारी गरेर सतर्क रहन आग्रह गरेको हो । दक्षिण कोरियाको थुगु आसपासको क्षेत्रमा कोरोनाभाइरस संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा रहेका नेपाली श्रमिक र विद्यार्थीलाई सजकता अपनाउन सोलस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि