कोरोनाभाइरस : दक्षिण कोरियामा नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह
दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।
नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको छ ।
अवैध रुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा कोरोना संक्रमणको शंका लागेमा उपचार गर्नका लागि अस्पताल जानसमेत दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै कारियामा रहेका नेपालीलाई दूतावासले विज्ञप्ति जारी गरेर सतर्क रहन आग्रह गरेको हो । दक्षिण कोरियाको थुगु आसपासको क्षेत्रमा कोरोनाभाइरस संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा रहेका नेपाली श्रमिक र विद्यार्थीलाई सजकता अपनाउन सोलस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
