बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इ–कमर्शले सङ्कटमा सपिङ मल

बजार रिफर्मका लागि अब प्रविधिमा लगानी
आइतबार, ११ फागुन २०७६, १० : ५०
आइतबार, ११ फागुन २०७६

सन् २०१९ मा विश्व बजारमा ३.४६ ट्रिलियन डलर बराबरको व्यापार अनलाइन (इ—कमर्श) मार्फत् भयो । विश्व बजारको कूल कारोबारको यो १६.४ प्रतिशत हो । कुल व्यापारमा इ—कमर्शको हिस्सा प्रत्येक वर्ष बढ्दै गइरहेको छ । २०१८ मा २.९३ ट्रिलियन डलरको कारोबार भएकोमा २०१९ मा १७.९ प्रतिशतले बढ्यो । जबकी कुल व्यापार जम्मा ३.४ प्रतिशतले मात्रै बढेको छ । कुल व्यापारमा अनलाइन व्यापारको हिस्सा घटाउने हो भने यो वृद्धिदर ०.९६ प्रतिशतमात्रै हुन्छ ।

कुनै बजारको वृद्धिदर १ प्रतिशतभन्दा कम हुन्छ भने त्यसलाई ‘स्टेगनेटेड मार्केट’ भनिन्छ । यो अर्थमा इ—कमर्श इतरको विश्व बजार त्यही अवस्थामा पुगिसकेको छ । १ प्रतिशतको यो वृद्धिमा पनि विकासशील मुलुकको हिस्सा बढी छ । विकसित मुलुकमा अनलाईन इतरको व्यापारको हिस्सा नकारात्मक छ । तर इ—कमर्शको बजार भने निकै उच्च दरमा बढ्दै गएको छ ।

भनिन्छ, अहिले विश्वका सबैभन्दा ठूला विक्रेतासँग न फ्याक्ट्री छ, न त वायरहाउस नै । नयाँ जमानामा फ्याक्ट्री र वायर हाउसलाई सूचना प्रविधिले ‘रिप्लेस’ गरिदिएको छ ।

विश्वको सबभन्दा ठूलो अनलाइन बजार अमेजनले सन् २००७ मा इ–कमर्श कम्पनी अमेजनले ५.७६ विलियन अमेरिकी डलर खुद आम्दानी गरेको थियो । २०१९ को अन्त्यसम्म आइपुग्दा यो आम्दानी ८७.४४ विलियन अमेरिकी डलर पुगेको रिपोर्ट निकाल्यो । यी दुई समयबीचको औसत वार्षिक वृद्धिदर २५.४४ प्रतिशत हुन आउँछ । विकसित मुलुकहरुमा आम्दानीमा २५ प्रतिशतको चक्रीय वृद्धिदर हासिल गर्नु चानचुने कुरा होइन ।

उता चीनको अनलाइन ट्रेडिङ कम्पनी अलिबाबाले नोभेम्बर ११ का दिन १६ घण्टा ३० मिनेटको अवधिमा ३०.८ विलियन अमेरिकी डलर बराबरको कारोबार गर्दै छोटो समयमै सर्वाधिक कारोबार गरेको इतिहास बनायो । नोभेम्बर ११ लाई विश्व किनमेल दिवस पनि भनिन्छ । सो दिन दिइएको आकर्षक अफरका कारण खरिदकर्ताहरु त्यसमा आकर्षित भएका हुन् । अनलाइन कारोबारहरुमा अफर तथा अन्य नीतिगत निर्णयहरुको प्रभाव पनि बढी हुन्छ ।


नियमनमा जतिजति ढिला हुँदै जान्छ, उतिउति त्यसको नकारात्मक असरहरु थपिँदै जान्छ । मान्छेमा यस्तो बजारप्रतिको विश्वास गुम्ने अवस्था आयो भने विश्वास दिलाउन भन्दा गुमेको विश्वास फर्काउन दशौं गुणा अप्ठ्यारो हुन जान्छ । बजार र नियामकको सम्बन्ध गोठालो र वस्तुभाऊ जस्तै हुन्छ । बजार जहिले पनि अघिअघि हिँड्छ, नियामक त्यसको पछि पछि । तर गोठालो धेरै पछि प¥यो भने चराउन लगेका वस्तुभाऊ पनि अर्काको बालीमा पस्छ । हाम्रो अवस्था यस्तै छ ।


त्यसो त, अनलाइन सपिङकै कारण अन्तर्राष्ट्रिय बजारमा कयौं सपिङ कम्प्लेक्सहरु बन्द हुन थालेका छन् । अघिल्लो वर्ष उत्तर अमेरिकामा मात्रै खुद्रा बिक्रीका लागि खुलेका ६०० भन्दा बढी मलहरु ‘भुत बंगला’ बनेका छन् । कतिपयले त्यसलाई आवासीय प्रयोजनमा प्रयोग गर्नेगरी पुनर्संरचना गरेका छन् । यो क्रम युरोप र एशियाली बजारमा पनि सुरु भइसकेको छ । इ–कमर्शका कारण विश्वमै परम्परागत व्यापार घट्दो छ ।

इ—कमर्श त एउटा उदाहरण मात्रै हो । अहिले अनलाइनसँग सम्बन्धित कयौं त्यस्ता कारोबारहरु छन्, जसले हाम्रो दैनिक जीवन सहजमात्रै बनाइरहेको छैन, विश्वलाई नै विकास र समृद्धिको दिशामा ‘एक्सिलेसन’ गरिरहेको छ ।

नेपालमा अनलाइन सपिङको अवस्था

तर विश्वमा बढ्दै गएको सूचना प्रविधिको प्रयोगलाई नेपालले सहज रुपमा प्रयोग गर्न त परै जावस्, प्रयोग गर्न चाहनेलाई कानूनी मार्ग प्रशस्त गर्न सकिरहेको छैन । विश्वमै व्यापारको महत्वपूर्ण हिस्सा बनिसकेको इ—कमर्शले नेपालमा अझै पनि कानूनी मान्यता प्राप्त गर्न सकेको छैन । कानूनी मान्यता प्राप्त नगरी सञ्चालनमा रहेका केही त्यस्ता प्लेटफर्महरुले उपभोक्तालाई ठगी गरिरहेको गुनासो आइरहेका छन् । उजुरी परिरहेका पनि छन् । तर त्यसरी ठगी गर्नेलाई कानूनी कारबाही गर्ने आधारसमेत छैन ।

नियमनमा जतिजति ढिला हुँदै जान्छ, उतिउति त्यसको नकारात्मक असरहरु थपिँदै जान्छ । मान्छेमा यस्तो बजारप्रतिको विश्वास गुम्ने अवस्था आयो भने विश्वास दिलाउन भन्दा गुमेको विश्वास फर्काउन दशौं गुणा अप्ठ्यारो हुन जान्छ । बजार र नियामकको सम्बन्ध गोठालो र वस्तुभाऊ जस्तै हुन्छ । बजार जहिले पनि अघिअघि हिँड्छ, नियामक त्यसको पछि पछि । तर गोठालो धेरै पछि प¥यो भने चराउन लगेका वस्तुभाऊ पनि अर्काको बालीमा पस्छ । हाम्रो अवस्था यस्तै छ ।

त्यसो त, हामीमा इ–सपिङको ट्रेन्डमा सकारात्मक परिवर्तन आउन सकेको छैन । अनलाइनबाट हुनसक्ने कारोबारलाई पनि ‘म्यानुअल’ सिस्टमबाट गर्ने हाम्रो बानी अझै हट्न सकेको छैन । विश्वमा भुक्तानी प्रणाली सुरु भएको ३ दशक पुगिसकेको छ । तर हामीकहाँ रिचार्ज कार्ड घोटेर मोबाइल रिचार्ज गर्न जान्नेलाई समेत ‘ट्यालेन्ट’ मान्नुपर्ने बाध्यता छ । फेसबुकको भित्ता स्क्रोलिङ गर्नेहरुले गर्दा अनलाइन पहुँचको तथ्यांक बढेको देखिए पनि उपयोगिता बढ्न नसकेको तथ्यलाई नचाहेरै पनि स्वीकार गर्नैपर्ने अवस्था छ । अनलाइनलाई सूचना र ज्ञानको माध्यम बनाउन सकिएको छैन ।

हामीले बजार प्रणालीको अव्यवस्थाले अहिले पनि नेपालमा उद्यमशीलताको विकास हुन सकेको छैन । राजनीतिक अस्थिरताले उद्यमशीलता बढेन भन्नु आफैँमा गलत थिएन होला । तर हामीले मुख्य समस्या पत्ता लगाउन नसकेकै हो । त्यो समस्या भनेको बजार हो । यहाँ उत्पादन गर्नेले बिक्री गर्न सकेको छैन । किन्न चाहनेले महँगो मूल्य तिर्नु परिरहेको छ । कहिलेकाँही त किन्नसमेत नपाउने अवस्था पनि छ ।

यसका बाबजुद पनि गैरखाद्य वस्तुहरुको किनमेलमा भने अहिले सपिङ कल्चर फेरिएको छ । बजार गर्न जाँदा आफूले घरमै ब्राण्ड र मूल्यको तयारी गरेर जाने प्रचलन बढेकाले सपिङमा लाग्ने समय घटेको छ । ग्राहकले पनि ठाउँअनुसार भन्दा ब्राण्डअनुसार वस्तुको छनौट गर्न थालेका छन् । यही कारण महँगा र शानदार सपिङ मलहरुको रौनक अहिले घट्दै गएको छ । उनीहरुलाई पनि खर्च र लागत घटाउने चुनौती थपिँदै गएको छ ।


अहिले चिठीपत्र आदानप्रदानको युग जसरी सकियो, क्यामरामा रिल लोड गर्ने प्रणाली जसरी ध्वस्त भयो, घडी, रेडियो र टर्चलाई एउटै झोलामा हाल्ने जमानाबाट जसरी एउटै ग्याजेटमा पाइने जमानामा बदलियो, पेजरमा नम्बर हेरेर फोन गर्ने प्रणाली जब इतिहास बन्यो, साइबर क्याफेहरु जसरी बन्द उन्मुख भए, बजार प्रणालीमा यस प्रकारको परिवर्तन हुँदै जान्छ । हाम्रो विद्यमान बजार प्रणाली भूकम्पपछि चर्किएको भवनजस्तै रुग्ण बनेको छ ।


अहिले बजारको सबैभन्दा ठूलो समस्या भनेको सूचनाको दूरी (कम्युनिकेसन ग्याप) हो । यहाँ उत्पादकलाई आफ्नो उत्पादन कहाँ, कसले, कति किन्छ भन्ने थाहा हुँदैन । उपभोक्तालाई कहाँ र कति उत्पादन हुन्छ र बजार कहाँ छ भन्ने पनि थाहा हुँदैन । कुनै उत्पादनमा झन्झटिलो वितरण प्रणाली छ, कुनैमा विचौलियाहरु हावी छन् । धादिङमा उत्पादन हुने तरकारीले ५० किलोमिटर पार गर्दा ४ गुणा मूल्य बढ्छ । माग र आपूर्तिको ‘मिसम्याच’ त्यही कम्युनिकेसन ग्यापले नै सिर्जना गरेको हो । यसको सबैभन्दा महत्वपूर्ण समाधान चाहिँ इ—कमर्श नै हो ।

संसारमा दुईवटा कुराहरु कहिलै पनि ‘इनभ्यालिड’ हुन्न । संसार जतिसुकै विकसित किन नहोस्, क्याप्सुल खाएर हुँदैन, जीवन धान्न कृषि उत्पादन नै चाहिन्छ । अर्को, अहिले पनि सूचनाको महत्व कम भएको छैन । सूचनाको महत्व कम हुन्थ्यो भने शक्तिशाली देशहरुले ठूलो धनराशी खर्च गरेर गुप्तचरहरु राख्नु पर्ने थिएन । उद्योग प्रतिष्ठानहरुले अनुसन्धानको नाममा बजेट छुट्याउनु पर्ने पनि थिएन । प्रविधि परिवर्तन भए त्यसको लागतका तलमाथि होला तर महत्व कहिलै घट्दैन ।

अहिले चिठीपत्र आदानप्रदानको युग जसरी सकियो, क्यामरामा रिल लोड गर्ने प्रणाली जसरी ध्वस्त भयो, घडी, रेडियो र टर्चलाई एउटै झोलामा हाल्ने जमानाबाट जसरी एउटै ग्याजेटमा पाइने जमानामा बदलियो, पेजरमा नम्बर हेरेर फोन गर्ने प्रणाली जब इतिहास बन्यो, साइबर क्याफेहरु जसरी बन्द उन्मुख भए, बजार प्रणालीमा यस प्रकारको परिवर्तन हुँदै जान्छ । हाम्रो विद्यमान बजार प्रणाली भूकम्पपछि चर्किएको भवनजस्तै रुग्ण बनेको छ ।

त्यसैले अबको लगानी शहरको कम्प्लेक्समा होइन, सूचना प्रविधिमा खर्च गर्नुपर्छ । अब नयाँ घरको जग खन्नु जरुरी छ । अर्थात् आधुनिक बजार प्रणालीको जग । त्यस्तो जग जहाँ कृषिलाई सूचना प्रविधिले जोडेको होस् । उत्पादक र उपभोक्ताबीचको भौतिक दूरी जति भए पनि ‘भर्चुअल दूरी’ शुन्य होस् । कर्णालीमा फूल खेल्दै गरेको मार्सी धानले काठमाडौंको गन्तव्य सुनिश्चित गरोस् । इलाममा टिपिरहेको चियाले अमेरिका र युरोपको जिब्रोको स्वाद मेटाउने संकल्प गर्न सकोस् । सल्यानमा फलाइएको गोलभेँडाले कालीमाटीमा आएर भान्छामा पाक्न जाने कि ल्यान्डफिल्ड साइटमा कुहिने भन्ने अनिश्चय भोग्न नपरोस् ।

सडक बनेरमात्रै मूल्य सस्तो हुने होइन । मुस्ताङको स्याउले काठमाडौंको बजार पाउने निश्चित भए कच्ची बाटो बाधक हुँदै होइन । त्यसैले हामीले बजार प्रणालीलाई यसरी ‘रिफर्म’ गर्नुछ जहाँ वस्तु खोजेकाले वस्तु पाउन सकुन्, बजार खोजेकाले बजार । यो नै उद्यमशीलता विकासको उत्तम विकल्प हो र बजार सुधारको निर्विकल्प गन्तव्य पनि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देव गुरागाइँ
देव गुरागाइँ
लेखकबाट थप