अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीबाट स्यान्डर्स अगाडि
आसन्न अमेरिकी राष्ट्रपतीय चुनावका लागि उम्मेदवार बन्ने दौडमा डेमोक्रेटिक पार्टीबाट बर्नी स्यान्डर्सले आफूलाई डोनाल्ड ट्रम्पको प्रतिद्वन्द्वीको रुपमा अग्रस्थानमा उभ्याएका छन् । नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति पदको चुनावका लागि पार्टीबाट भइरहेको उम्मेदवारहरुको छनौटमा नभाडाको ककसमा जीत हासिल गर्ने संकेतसँगै स्यान्डर्स अग्रस्थानमा देखिएका हुन् ।
सुरुवाती नतिजाबाट स्यान्डर्सले ठूलो जीत हासिल गर्ने देखिएको छ । यद्यपि, उम्मेदवार छनौटका लागि अझै लामो प्रक्रिया बाँकी नै छ ।
सुरुवाती नतिजामा पूर्व उपराष्ट्रपति जो बाइडेनले पनि यसअघि भोटिङ गरिएका अन्य दुई राज्यभन्दा नभाडामा राम्रो प्रदर्शन गरेका छन् । उनले लोवा र न्यु ह्याम्पसायरमा निराशजनक प्रदर्शन गरेका थिए ।
डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न चार महिना लामो प्रक्रिया पार गर्न पर्छ । यसमा उम्मेदवारका लागि दाबेदारी प्रस्तुत गर्नेहरुले मतदातालाई आश्वस्त पार्ने प्रयास गर्छन् ।
नभाडामा २२ प्रतिशत मत गन्दा स्यान्डर्सले ४७ प्रतिशत मत हासिल गरेका छन् भने बाइडेनले २३ प्रतिशत मत हासिल गरेका छन् ।
१५ प्रतिशतभन्दा मत ल्याउने उम्मेदवारले डेलिगेट्स छान्ने अवसर पाउँछन्, उनीहरुले आगामी जुलाईमा हुने पार्टीको सम्मेलनमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्न पाउनेछन् ।
शनिबारसम्म स्यान्डर्ससँग २१ डेलिगेट रहेको छ । जीतका लागि उनलाई कम्तिमा १९ सय ९० डेलिगेट आवश्यक पर्छ । नभाडाको जीतले उनलाई त्यसतर्फ एक कदम अगाडि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई