प्रियंकालाई आयुष्मानको टक्कर (रमाइलो फोटोफिचरसहित)

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५ मा लगनगाँठो कस्दै छन् । करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ ।
प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो ।
अब अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् ।
आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जुन तस्बिर पोष्ट गरिरहेका छन् ती निकै रमाइला छन् । रमाइला यसकारण कि आयुष्मानसहित उनका साथीहरुले प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गरेका छन् । अहिलेसम्म उनीहरुले पाँचवटा तस्बिर रिक्रिएट गरेका छन् जुन हेर्दा निकै फन्नी छन् ।
यसमा उनीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन् ।
तस्बिर पोष्ट गर्दै आयुष्मानले कसले राम्रो गर्यो भन्दै प्रश्न पनि सोधिरहेका छन् ।
प्रियंकाले आयुष्मानका तस्बिरले आफ्नो अभ्यास भंग भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘म आफ्ना साथीहरुसँग संगीतको प्राक्टिस गरिरहेको थिएँ र हामीले यो देख्यौं ! मलाई विश्वास गर्नुहोस्, एकछिन प्राक्टिस भंग भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने
-
‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त