बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

असुरक्षित महसुस गरे यात्राकै क्रममा ट्रम्प आफैंले दबाउन सक्छन् आणविक बटन !

शनिबार, १० फागुन २०७६, २३ : ३५
शनिबार, १० फागुन २०७६

-हेमन्त अत्री
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारका सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा गनिन्छन्। प्रत्येक सेकेन्डमा विश्वले उनका प्रत्येक कदमहहरु नियालिरहेको हुन्छ । उनै शक्तिशाली राष्ट्रपति ट्रम्पले सोमबारदेखि ३६ घण्टा अमेरिकादेखि १२ हजार किमीको दुरीमा रहेको भारतमा बिताउँदैछन् । राष्ट्रपति ट्रम्प भारतमा रहँदा उनको सुरक्षा संवेदशनशिलता पनि उत्तिक्कै हुनेगर्छ । त्यसैले सो परिस्थितिलाई मध्यनजर गर्दै भारत सरकारले राष्ट्रपति ट्रम्प, उनको परिवार र प्रतिनिधिमण्डलको सुरक्षाको विशेष व्यवस्था गरेको छ ।

उनीहरुको सुरक्षाका लागि ५ सुरक्षा घेरा तयार गरिएको छ । भारतले उनको सुरक्षाका लागि यतिसम्म तयारी गरेको छ कि सुरक्षा व्यवस्थामा कतै कमजोरी महसुस नहोस् । विश्वकै सुरक्षित मानिने सुरक्षा कार क्याडेलिक (बिस्ट) र विशेष हेलिकोप्टर मरिन वन पनि तयारी अवस्थामा राखिएको छ । उनीहरुलाई ती साधनले मोटेरा स्टेडियमबाट एयरपोर्ट र आग्रा एयरपोर्टबाट ताजमहलसम्म सेवा उपलव्ध गराउँछन् ।

ती हेलिकप्टर र कार अहमदाबाद पुर्याइसकिएको छ । अमेरिकी राष्ट्रपतिको परिवार र प्रतिनिधिमण्डलको आन्तारिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी अमेरिकी गोप्य सेवासँग जोडिएको छ र भारतीय सुरक्षा(इजाजतपत्र प्राप्त) अधिकृतहरु मात्र उनीहरुसँगको पहुँचमा हुनेछन् । दोश्रो घेरामा दिल्ली पुलिसका २५ हजार जवान, कमाण्डो फोर्स, प्यारा मिलिट्री फोर्स हुने जनाइएको छ । त्यसपछि लगातार अरु घेरा रहनेछन् ।

ट्रम्पको भ्रमणका लागि यूपी पुलिसका १० हजार कर्मचारीसहित सीआईएसएफ, अर्धसैनिक, एटीएस, पीएसी, आरएएफ लगायत सबै सुरक्षा एजेन्सीहरू सक्रिय रहनेछन्। ७ अमेरिकी हेलिकप्टरले आकाशबाट निगरानी गर्नेछन्। ३६ घण्टाको भारत भ्रमणमा सुरक्षाका लागि मात्र १ सय करोड खर्च हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यामहरुले जानकारी दिएका छन् ।

कडा प्रोटोकल
यस्तो अवस्थामा अमेरिकी गुप्तचर एजेन्टहरुले कडा प्रोटोकल अख्तियार गर्ने गर्छन् । उनीहरुले राष्ट्रपतिको प्रतिकात्मक कल साइन पनि बाहिर सार्वजनिक गर्दैनन् । राष्ट्रपतिको सवारीका बेला उनीहरुले समानान्तर र सुरक्षित वायरलेस प्रणालीमार्फत यातायात सञ्चालन गर्छन्, भ्रमण टोलीको सुरक्षा र कमाण्ड गर्नेगर्छन् । यस्तो बेलामा कल संकेतहरु पनि सुरक्षामा तैनाथ अधिकारी र कर्मचारीहरुलाई अन्तिम मिनेटमा बाँडफाँड गरिन्छ ।

आणबिक बटन
राष्ट्रपति ट्रम्प अमेरिकी सेनाको सर्वोच्च कमाण्डर भएकोले सैन्य अधिकारी सँधै एउटा परमाणु बटनले सुसज्जित ब्रिफकेशसहित उनको वरिपरि तैनाथ भैरहेका हुन्छन् । उक्त ब्रिफकेसमा एउटा यस्तो अख्तियार प्राप्त कार्ड हुन्छ, जसलाई कुनै पनि संकट आएमा राष्ट्रपतिले जतिबेला पनि प्रयोग गर्न सक्छन् । उक्त कार्डको प्रयोग गरेर राष्ट्रपतिले आपतकालमा कहीँबाट पनि आणविक हतियारको प्रक्षेपण गर्न सक्छन् । उक्त कार्ड एक अस्पष्ट प्लाष्टिकको कभरमा राखिएको हुन्छ, जुन यसलाई हटाएपछि मात्र प्रयोग गर्न सकिन्छ । राष्ट्रपति ट्रम्पले फेब्रुअरी २४ र २५ मा भारतको भ्रमण गर्दैछन् । – दैनिक भाष्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप