अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु)
![अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु)](https://rpcdn.ratopati.com/media/albums/samraggi_4_IX6VgWGGWT.jpg)
लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को विशेष शो का लागि साम्राज्ञी लन्डन आएकी हुन् ।
उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्काको व्यक्तिगत पहलमा ‘मारुनी’ फिल्मको प्रदर्शन गर्न लागिएको हो ।
नेपाली भाषा र कलालाई विदेशी भूमिमा रहेका सम्पूर्ण नेपालीहरुमाझ पुर्याउने उद्देश्यले ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई चलचित्र हेर्न निशुल्क प्रवेशको व्यवस्था मिलाइएको खड्काले जानकारी दिए।
नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।
लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएकी अभिनेत्री साम्राज्ञीले भोलि प्रदर्शन हुन गैरहेको ‘मारुनी’ चलचित्र हेर्नका लागि सम्पूर्ण बेलायतवासीलाई अनुरोध गरेकी छन् । नेपालमा धेरै दर्शकहरुले मन पराएको र सबैले रुचाएको यस चलचित्रलाई हेरेर नेपाली फिल्मप्रति माया र सद्भाव राखिदिन पनि साम्राज्ञीले अनुरोध गरेकी छन् ।
निर्मात्री पुनम गौतमले पनि चलचित्र हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि बेलायतवासी समक्ष अनुरोध गरेकी छन् । चलचित्र ‘मारुनी’ बेलायतका अन्य विभिन्न शहरमा पनि प्रदर्शन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?
-
शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित