केन्द्रीय संस्करण

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु)

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0
तस्बिर : नरेन्द्र बस्नेत

लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को विशेष शो का लागि साम्राज्ञी लन्डन आएकी हुन् ।
  उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्काको व्यक्तिगत पहलमा ‘मारुनी’ फिल्मको प्रदर्शन गर्न लागिएको हो ।

 नेपाली भाषा र कलालाई विदेशी भूमिमा रहेका सम्पूर्ण नेपालीहरुमाझ पुर्याउने उद्देश्यले ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई चलचित्र हेर्न निशुल्क प्रवेशको व्यवस्था मिलाइएको खड्काले जानकारी दिए। 

नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । 

लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएकी अभिनेत्री साम्राज्ञीले भोलि प्रदर्शन हुन गैरहेको ‘मारुनी’ चलचित्र हेर्नका लागि सम्पूर्ण बेलायतवासीलाई अनुरोध गरेकी छन् । नेपालमा धेरै दर्शकहरुले मन पराएको र सबैले रुचाएको यस चलचित्रलाई हेरेर नेपाली फिल्मप्रति माया र सद्भाव राखिदिन पनि साम्राज्ञीले अनुरोध गरेकी छन्  ।

निर्मात्री पुनम गौतमले पनि चलचित्र हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि बेलायतवासी समक्ष अनुरोध गरेकी छन् । चलचित्र ‘मारुनी’ बेलायतका अन्य विभिन्न शहरमा पनि प्रदर्शन गरिनेछ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...