नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार
एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।
व्यापार, वाणिज्य, लगानी, औद्योगिक क्षेत्रमा संयुक्त लगानी, बैंक, वित्त, कृषि तथा पशुपालन, ऊर्जा, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा नागरिक उड्डयनलगायत आपसी हित र चासोका विषयमा केन्द्रित रहेर बैठकमा परामर्श गरिने परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।
“दश वर्षअघि काठमाडौँ भएको तेस्रो बैठकका निर्णय कार्यान्वयनको अवस्था र त्यसको समीक्षा, पारस्परिक सम्बन्धका सबै पक्षमा गहन छलफल हुनेछ”, उनले भने । हरेक वर्ष काठमाडौँ र इस्लामावादमा पालैपालो बैठक गर्नेगरी संयन्त्रको स्थापना भए पनि विविध कारणले सन् २००९ यता बैठक हुनसकेको थिएन । अर्थमन्त्रीस्तरमा गठन भएको संयुक्त आर्थिक आयोगको बैठक पनि विगत सात वर्षदेखि हुनसकेको छैन ।
सचिव वैरागी नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल केही शनिबार इस्लामावादतर्पm प्रस्थान गरेको छ । इस्लामावादस्थित नेपाली राजदूत सेवा लम्सालसहितको प्रतिनिधिमण्डलले पाकिस्तानका विदेशसचिव सोहेल महमुद नेतृत्वको टोलीसँग द्विपक्षीय हित र साझा चासोका सबै विषयमा विचारविमर्श गर्नेछ । इस्लामावादमा रहँदा सचिव वैरागीले पाकिस्तानका उच्च राजनीतिक नेतृत्व एवं सरकारी अधिकारीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा