सातवटै प्रदेशको अगुवाइ गरेको छ : मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ ले सातवटै प्रदेशको अगुवाइ गरेको बताएका छन् । दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारको आयोजनामा आजदेखि शुरु भएको प्रदेश एक्स्पो उद्घाटन गदै उनले भने, “योजना अनुरुप बजेट तर्जुमाको अभ्यास हामीले मात्रै गरेका छौँ ।”
प्रदेश नं ५ लाई मिनी नेपालका रुपमा लिइएको भन्दै उनले प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने पनि बताए ।
मुख्य मन्त्री पोखरेलले प्रदेश सरकार गठन भएको दुई वर्षमा सातवटै प्रदेशभन्दा उत्कृष्ट काम गरेको बताए । साथै प्रदेश नं ५ का सबै स्थानीय तहले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको उनको भनाइ थियो ।
उनले प्रदेश नं ५ को हालको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा ४८ वटा कानून निर्माण भइसकेको जानकारी दिँदै प्रदेश सरकारले कानूनी राज्यलाई स्थापीत गर्ने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)