बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकारबिना सुशासन कायम हुन्न : सभामुख श्रेष्ठ

शनिबार, १० फागुन २०७६, १८ : ४३
शनिबार, १० फागुन २०७६

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानवअधिकारबिना सुशासन कायम गर्न नसकिने बताएका छन् । आज हेटौँडामा आयोजित एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७औँ को वार्षिकोत्सवमा बोल्दै उनले देशमा मानवअधिकारको रक्षा नगरेमा सुशासन कायम गर्न सरकारलाई समस्या हुने भन्दै सुशासन कायम गर्न मानवअधिकार आवश्यक भएको बताए ।

उनले मानवअधिकारसम्बन्धी कानून हुँदाहुँदै पनि कहिलेकाहीँ कार्यान्वयन पक्ष अलि फितलो भइदिँदा उल्लङ्घनका घटना हुने गरेको बताए ।

सभामुख श्रेष्ठले भने, “संविधानले मानवअधिकारलाई प्रत्याभूत गरेको भएता पनि अधिकारलाई व्यवस्थित, मर्यादित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानवअधिकारको रक्षा गर्न नसकिएको हो ।” 

उनले सरकारलाई मानवअधिकार उल्लङ्घन हुन नदिनका लागि कार्यान्वयन पक्षमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी स्व इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७६ बाट कूटनीतिज्ञ तथा पूर्व सांसद हिरण्यलाल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप