बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको विकल्प खोज्ने अवस्था आयो : नैनसिंह महर

शनिबार, १० फागुन २०७६, १८ : २८
शनिबार, १० फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् ।

नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजीनामाले समस्या समाधान हसँदैन । अख्तियारले प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गरेर कारवाही गरिनुपर्छ ।’  

महरले अख्तियारको भूमिकामाथि जनताले प्रश्न गर्ने वेला आएको बताए । उनले भने, ‘करोडौंको भ्रष्टाचारमा मन्त्री र तिनीहरुका प्रमुखको संलग्नता प्रष्टै देखिन्छ । भ्रष्टाचार शिरोमणि वर्तमान सरकारको दुर्गन्ध देश भरि फैलदा पनि छिमेक मै बसेको अख्तियार भने कुन परफ्यूमको भरमा सुत्न सकेको हो ? जनताले प्रश्न गर्ने वेला भयो ।’

सर्लाही क्षेत्र नं. ४ को अयोजनामा भएको आमसभालाई सम्बोधन गर्दै मधेशीको नाममा बनेको प्रदेश २ को सरकार झन् शोषण गरेर सरकारका मन्त्रीहरु जनताको करको दुरुपयोग गरिरहेको आरोप लगाए ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा काँग्रेसका युवा नेता रामहरी खतिवडाले जनताको पार्टी काँग्रेस मात्र भएको बताए ।

कार्यक्रममा सर्लाही जिल्ला सभापति नागेन्द्र यदव, रौतहट सभापति कृष्णा यादव, पूर्व सांसद हरेश महतोले आफ्नो धारणा गराखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप