अबको वैकल्पिक शक्ति समाजवादी पार्टीः बाबुराम भट्टराई
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए । तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गरे ।
डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते