आजदेखि दाङमा प्रदेश एक्स्पो सुरु
शनिबार, १० फागुन २०७६, १७ : २७
बुटवल । दोस्रो स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ सरकारको आयोजनामा शनिबारदेखि दाङको तुलसिपुर उप–महानगरपालिकास्थित बेलझुल्डीमा प्रदेश एक्स्पो सुरु भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीका अनुसार एक्स्पो शनिबारदेखि सोमबारसम्म चल्ने छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित एक्स्पोको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका हुन् ।
पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पूर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाचसहितको झाँकी प्रदर्शन गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका थिए । बिहान ६ बजेदेखि ८ बजेसम्म योग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा