शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खाता खोल्न एनएमबी बैंकले ल्यायो आकर्षक योजना

शनिबार, १० फागुन २०७६, १६ : ०९
शनिबार, १० फागुन २०७६

काठमाडौँ । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 

 दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकका लागि रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमा योजना ल्याइएको बैंकले जनाएको छ । उल्लेखित खाताहरु शून्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ । 

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ यी दुई खाताको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप