शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारको दावी

शनिबार, १० फागुन २०७६, १६ : ०१
शनिबार, १० फागुन २०७६

गुल्मी । शुक्रवार बिहान गुल्मीको बिरवासमा मृत अवस्थामा फेला परेको एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारजनले दावी गरेका छन् ।

 शुक्रवार बिहान करिव ५ बजेको समयमा गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४ बिरवासको अरकडाँडा  कच्ची सडकको खोल्सा नजिकै रक्ताम्मे अवस्थामा स्थानीय ३३ बर्षीय सन्तोष भनेर चिनिने मोहनप्रसाद चुँदालीको शव फेला परेको थियो ।

टाउकोमा गम्भीर चोट लागेको र रगतपच्छे भएको अवस्थामा शव फेला परेको थियो ।  

मृतक चुँदालीकी श्रीमति सरस्वतीले आफ्नो श्रीमानको योजनावद्ध ढंगले हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेकी छिन् ।  

श्रीमानको हत्या नै भएको भन्दै श्रीमति सरस्वती चुँदालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।  प्रहरीले शुक्रवार विष्णुबहादुर कँडेल र स्थानीय होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

 जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप