नेकपाले बोलायो सचिवालय बैठक, गोकुल प्रकरण र एमसीसीबारे छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक शनिबार बस्दैछ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो ।
बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ ।
नवलपरासीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताए ।
उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा करोडौँको कमिसनमा मुर्छिपनि नेकपाभित्र आर्थिक अनुशासनको विषयमा चर्को बहस सुरु भएको छ ।
नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै