‘नक्कली’ उत्पादनको बिगबिगी : बहुराष्ट्रिय कम्पनीको लेभलिङमा स्थानीय उत्पादन
काठमाडौं । झट्ट हेर्दा जोकोही झुक्किन्छ । किनेर घर लैजाउन्जेल पनि उही जस्तो लाग्नसक्छ । स्वाद पनि उस्तै उस्तै हो, याद नगर्ने हो भने उपभोक्तालाई लाग्ला, म अन्तर्राष्ट्रिय ब्राण्डको वेभरेज पिउँदै छु ।
तर यसमा फरक छ । ‘माउन्टेन ड्यू’जस्तै देखिने ‘मेन्टेन ड्यू’, ‘फेन्टा’जस्तै देखिने ‘फण्डा’ र ‘कोकाकोला’ जस्तै देखिने ‘च्याटकोला’ उत्पादन गर्ने कम्पनी साम्भवी फूड्स एण्ड वेभरेज प्रालि हो ।
नेपालमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले ‘कोका–कोला’, ‘फ्यान्टा’ तथा माउन्टेन ड्यू नेपालले ‘माउन्टेन ड्यू’ बिक्री गर्दै आएको छ । झापा जिल्ला ठेगाना लेखिएको उक्त कम्पनीले उत्पादन गर्ने दुईवटा उत्पादन ‘फण्डा’ र ‘च्याटकोला’ बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादनसँग मिल्दोजुल्दो छ भने एउटा ‘मेन्टेन ड्यू’ माउन्टेन ड्यू नेपालको उत्पादनसँग मिल्दो-जुल्दो छ । तर त्यसरी मिल्दो-जुल्दो नाम राखेर वा डिजाइन लेभलिङ गरेर बिक्री गर्नु भने गैरकानूनी हो ।
साम्भवी फुड्सले बिक्री गर्दै आएका यी उत्पादन पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को भने प्रतिकुल छ । उक्त ऐनले कुनैपनि उद्योगले आफ्ना उत्पादनहरुको पेटेन्ट, डिजाइन दर्ता गराएर मात्रै बिक्रीवितरण गर्न पाउने व्यवस्था गरेको छ ।
साथै आफ्नो कम्पनीको ट्रेडमार्क दर्ता गरेर त्यस्तो पेटेन्ट तथा डिजाइनको हक प्राप्त गर्न सक्ने व्यवस्था समेत ऐनले गरेको छ । उद्योग विभागमा प्रवक्ता विनोद खड्काले पहिले नै दर्ता भएर ट्रेडमार्क प्राप्त गरिसकेको कम्पनीको नाम र डिजाइन डिजाइनको नक्कल गर्नु गैरकानुनी हुने बताए ।
उनले साम्भवीले आफ्नो उत्पादनको पेटेन्ट र डिजाइनको स्वीकृति लिएको वा नलिएको वा त्यो उत्पादनले अर्को कुनै उत्पादनको नक्कल गरेको वा नगरेको अनुसन्धान गर्ने र त्यसरी नक्कल गरेको पाइए आवश्यक कारबाही गर्ने समेत बताए । कोकाकोला, फेन्टा र माउन्टेन ड्यूको ट्रेडमार्क भने विभागले दिइसकेको छ ।
बान्डेड उत्पादनको नक्कल गरेर वस्तु लेभलिङ गर्दै आएको साम्भवी फुड्सले भने आफूले गरेका उत्पादनको नामको स्वीकृति विभागबाट लिएको तर डिजाइन लिन बाँकी रहेको जनाएको छ । कम्पनीका सञ्चालक पुष्प आचार्यले आफूहरुले उत्पादन गरेका सबै नामहरुलाई विभागले स्वीकृति दिए पनि डिजाइनमा स्वीकृति नदिएको बताए ।
‘हामीले नाम लिइसकेका थियौं, तर डिजाइन चाहिँ अरुसँग मिल्दोजुल्दो भएको भन्दै अर्को डिजाइन गरेर ल्याउन विभागले भनेपछि हामी अर्को डिजाइन बनाउनतिर लागेका छौं । डिजाइन तयार भइसकेको छ, अब विभागको स्वीकृति लिएर नयाँ लेभलिङ गर्न थाल्छौं’ उनले भने । उनले कम्पनी दर्ता भएको २-३ महिना मात्रै भएको बताउँदै सुरुमा प्रस्ताव गरिएको डिजाइनको आधारमा उत्पादन सुरु मात्रै गरेको जिकिर समेत गरे ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्कको सम्बन्धमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता भने दिन प्रतिदिन ठगिँदै गएका छन् । पूराना र नाम चलेका वस्तुहरुको नक्कली उत्पादन बजारमा आउँदा उपभोक्ताले सक्कली वस्तुको पहिचान गर्न नसक्दा कमसल वस्तु उपभोग गर्नुपर्ने अवस्था देखिएको हो ।
केही समय अघिमात्रै रेडबुलकै नक्कली उत्पालनको रुपमा ‘रेडब्लु’ नामक पेय पदार्थ बजारमा आएकोबारे पनि रातोपाटीले समाचार प्रकाशित गरेको थियो । ट्रेडमार्क चोरी गरी नक्कली उत्पादन बजारमा छ्याप्छ्याप्ती देखिइरहँदा पनि उद्योग मन्त्रालय र विभागले आवश्यक बजार अनुगमन र कारबाही गर्न सकेको भने देखिँदैन ।
त्यसो त नेपालमा मात्रै नभएर विदेशमा पनि यस्ता घटनाहरु घटिरहन्छन् । केही समय अघिमात्रै युएईको एउटा हेयर सैलुनले ‘फेसलुक’ नाम राखेर सामाजिक सञ्जाल ‘फेसबुक’को जस्तै डिजाइन गरेको भन्दै फेसबुकले उजुरी गरेपछि उक्त सैलुन बन्द गराइएको थियो ।
नेपालमा भने अनुगमन र उजुरी गर्ने प्रवृत्ति कम हुनु तथा उजुरीउपर हुने कमजोर कारबाही र दण्ड जरिवानाका कारण ट्रेडमार्कहरुको सही उपयोग हुन नसकिरहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै