४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी
शनिबार, १० फागुन २०७६, १२ : ११

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।
शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् ।
शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् । बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो । भने यसको जानकारी उनका पति राज कुन्द्राले हिजो मात्र सार्वजनिक गरेका हुन् ।
शिल्पाले शेयर गरेको फोटोमा उनकी छोरीले उनको औंला समातिरहेकी छिन् ।
उनले सन् २००९ मा विवाह गरेकी थिइन् । भने पहिलो बच्चा सन् २०१२ मा जन्माएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक