शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली गीत ‘कान्छी तिम्रो’ सार्वजनिक

शनिबार, १० फागुन २०७६, ०९ : २७
शनिबार, १० फागुन २०७६

नेपाली गायक गोविन्द गुरागाईँको ‘कान्छी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युवमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा गुरागाईँको शब्द र संगित रहेको छ । गीत युवापुस्ता लक्षित भएको गायकले बताएका छन् ।  
 
गीतमा विपीन अधिकारीको छाँयांकन रहेको छ भने भिडियोलाई अर्विट पोखरेलले निर्देशन गरेका हुन् । 

विजय तामाङले कोरियोग्राफी रहेको गीतमा  विजय तामाङ, रमी राई, सिर्जना सेन्च्युरी, अञ्जन गजमेर, सुजन तामाङ, विशाल तामाङ, सन्तोष तामाङको नृत्य देख्न सकिन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप