बायर्नको रोमाञ्चक जित

रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा पाडेरबोर्नमाथि रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा बायर्नले पाडेरबोर्नलाई ३–२ गोलले हरायो । बायर्नको जितका २५औं मिनेटमा सर्ज गेनाबरीले खाता खोलेका थिए । ४४औं मिनेटमा पाडेरबोर्नका डेनिस श्रीबेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
लेवान्डोस्कीले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा पाडेरबोर्नका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीतर्फ धकेले । त्यसपछि ८८औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २३ खेलबाट ४९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको पाडेरबोर्न १६ अंक सहित अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह