मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साना वन्यजन्तुको तस्करी कम गर्न भारतसँग सम्झौता गर्ने तयारी

शनिबार, १० फागुन २०७६, ०६ : ४६
शनिबार, १० फागुन २०७६

नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन । 

सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो ।

एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ । जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको छ । 

अवैध गतिविधि रोक्दै संरक्षणमा भारतसँग साझेदारी गर्न नेपाल र भारतबीच दुई देशीय सम्झौता गर्ने तयारी भएको छ तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप