बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

शनिबार, १० फागुन २०७६, ०६ : ३१
शनिबार, १० फागुन २०७६

रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । भट्टराई भन्छन्,  नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौँ ।

समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ । निगमका अनुसार गोरखपुरसम्म ग्यासको पाइपलाइन आउँदै छ । गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप